फुङलिङ नगरपालिका ६ को एक मतान घर जलेर नष्ट, पाँच लाख बढीको क्षति



ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ स्थित बाँजोगरामा आगलागीबाट मतान घर जलेर नष्ट भएको छ । स्थानीय मिलन गुरुङको मतान घरमा आगलागी भएको हो ।

सोमबार अपराह्‍न करिब ४ बजेको समयमा आगलागी भएको फुङलिङ नगरपालिका ६ नं. वडाका वडाध्यक्ष मदन गुरुङ ९तेज० ले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङको ढुङ्गा माटोले निर्मित जस्ताको पाताले छाएको दुई तले मतान घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

वडाध्यक्ष गुरुङका अनुसार घरमा कोही नभएको समयमा आगलागी भएको थियो । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायतको उपस्थिति नियन्त्रण लिइएको हो । आगलागीबाट करिब ५ लाख रुपियाँभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । क्षतिको यकिन विवरण सङ्कलन हुन भने बाँकी रहेको छ ।

प्रकाशित मिति : 6:28 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि