फुङ्लिङ नगरपालिकाद्वारा जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न माग



सौगात विष्ट

ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न आग्रह गरेको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै लुटपाटको समान फिर्ता गर्न आग्रह गरेको हो । 

तोकिएको समयमा सामान फिर्ता नगरे सिसिटिभी फुटेजको आधारमा कानुनी कारबाही गरिने फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले बताउनुभयो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका नाममा भदौ २४ गते नगरपालिकाको प्रशासकीय भवन तोडफोड र आगजनी गरिएको थियो । साथै नगरपालिकाको सामान लुटपाट समेत भएको थियो । 

त्यस्तै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका जिल्ला पार्टी कार्यालयहरू समेत तोडफोड गरी क्षति पु¥याइएको थियो । यो सँगै पाथीभरा क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता) भवन र टि हाउस पनि आगजनी गरी नष्ट गरिएको थियो । 

माथिल्लो तमोर जलविद्युत् आयोजनामा पनि क्षति पुराएका थिए ।

प्रकाशित मिति : 8:35 pm

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण