ताप्लेजुङमा पुन थपियो कफ्र्यू बिहिबार साँझ ६ बजेदेखी शुक्रबार बिहान ६ बजेसम्म लागु हुने




ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा पछि आज साँझ ६ बजेदेखी शुक्रबार बिहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ । बिहिबार अपरान्ह एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्थालाई मध्य नजर गरी आज साँझ ६ बजेदेखी भोली बिहान ६ बजेसम्मका लागि कफ्र्यू जारी गरिएको जनाएको हो ।

प्रशासनको विज्ञप्तीमा पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कफ्र्यू लागु हुने उल्लेख छ।

आदेशमा तोकिएको कफ्र्यूको समयावधि भर आवत जावत नगर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि नर्गन आग्रह गरिएको छ । यस अवधिमा परिचयपत्र वा अन्य कागजात लिएर एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले आवतजावत गर्न सवारी साधन प्रयोग गर्न पाउने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : 6:45 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज