फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालिन बन्द




ताप्लेजुङ । मंगलबार राति भएको तोडफोड आगजानी पछि फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ । बुधबार विज्ञप्ती निकाल्दै नगरपालिकाले अर्को सुचना नभएसम्मको लागि नगरपालिकाबाट प्रदान हुने सम्पुर्ण सेवा बन्द रहने कुरा जनाएको हो ।
तोडफोड आगजानीले प्रशासनिक भवन तोडफोड र आगजानी पछि तहसनहस भएकोले सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको नगर प्रमुख अमिर मादनेद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । नगरपालिकाले सेवा प्रवाह बन्द हुँदा स्थानीयमा पर्ने असुविधाप्रति क्षमा याचना गरेको छ ।
मंगलबार राती नगरपालिकामा जनेनी समुहले तोडफोड गर्दा नगरपालिकाको प्रशासकिय भवन सहित, दुईवटा दमकल, एउटा टिप्पर र जेसिभी मेसिनमा क्षती पुग्नुका साथै कार्यालयका कागजात जलाईएको थियो भने फर्निचरमा समेत क्षती पुगेको थियो । आगलागीलाई भने नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : 10:35 am

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा