ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी




ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कफ्र्यू आदेश जारी गरेको छ । बुधबार एक विज्ञप्ती जारी जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा भङ्ग हुन सक्ने अवस्थालाई मध्य नजर गरी बिहीबार बिहान ६ बजेसम्मका लागि कफ्र्यू जारी गरिएको जनाएको हो ।

प्रशासनको विज्ञप्तीमा पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कफ्र्यू लागु हुने उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले बुधबार साँझ ५ बजेदेखि लागु हुनेगरी जारी गर्नुभएको कफ्र्यू आदेशमा तोकिएको कफ्र्यूको समयावधि भर आवत जावत नगर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि नर्गन आग्रह गरिएको छ ।

यस अवधिमा परिचयपत्र वा अन्य कागजात लिएर एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले आवतजावत गर्न सवारी साधन प्रयोग गर्न पाउने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : 9:56 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी