सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । साब्लाखु भञ्ज्याङमा रहेको गाउँपालिका कार्यालय बुधबार दिउँसो तोडफोड गरिएको हो । जेनजीका नाममा पुगेको एक समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेको जनाइएको छ । भ्रष्टाचारविरोधी नाराबाजी गर्दै पुगेका सो समूहले गाउँपालिका कार्यालयका ताल्चा फोर्दै तोडफोड गरेका हुन् ।

भञ्ज्याङवासी स्थानीयका अनुसार तोडफोड गर्न पुगेका समूहले कार्यालय तोडफोड गरी कम्प्युटर, प्रिन्टर, फर्निचर लगायतका सामग्री उठाएर लगेका छन् । सो समूहले कार्यालय तोडफोड गरी उठाएको सामग्री साब्लाखु स्वास्थ्य चौकीमा लगेर राखेका स्थानीयको भनाइ छ ।गाउँपालिका कार्यालय तोडफोड गर्ने समूहको नेतृत्व र तोडफोड गर्नुको उद्देश्यबारे खुलिसकेको छैन । केही स्थानीयले हाल गाउँपालिका कार्यालय रहेको हालको वडा ४ साब्लाखुबाट वडा ५ लिम्बुदिन सार्नेगरी कार्यपालिकाले निर्णय गरेर प्रदेश सरकारसमक्ष सिफारिस गरेको विरोधमा तोडफोड गरेको हुनसक्ने अनुमान गरेका छन् । बुधबार कार्यालयमा तोडफोड भइरहँदा सिदिङ्वा गाउँपालिकाका पदाधिकारीसहित जनप्रतिनिधि र कर्मचारी पालिकाको सहयोगमा आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा गएको बताइएको छ ।

त्यस्तै जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार एक दिन शोक विदा र बिहीबारदेखि देशको परिस्थितिअनुसार अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द रहनेगरी गाउँपालिकाले मङ्गलबार नै सूचना जारी गरेको छ । गोरखापत्र

प्रकाशित मिति : 9:46 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको