मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते




ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । प्रहरीका अनुसार बुधबार मैवाखोला गाउँपालिका –६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको हो ।

फाकुम्बाको भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोमा पुरिएर लाक्पाखाङ्डु शेर्पाको घर बगाएको छ । घर नै बगाउनेगरी गएको पहिरोमा परी शेर्पा र छिमेकी मिङ्मालाकीको मृत्यु भएको मृतक शेर्पाका भतिज पासाङग्याबु शेर्पाले बताउनुभयो ।
पहिरोमा परी बेपत्ता हुनुभएका लाक्पाखाङ्डु र मिङ्मालाकीको शव दिउँसो पहिरो पन्छाएर निकालिएको छ ।

यस्तै सो पहिरोमा परी अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा दारिन्जेन शेर्पा, टासीजाङ्बु शेर्पा र याङ्जी शेर्पा रहनुभएको छ । उक्त पहिरोका कारण घरपरिवार विस्थापित भएका छन् । सुरतलाल चौधरी, जिवापासाङ शेर्पा, पासाङग्याबु शेर्पा, निमारिन्जेन शेर्पा र मिङ्मा शेर्पा (कोटेसाइँला) को परिवार विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 9:38 pm

सिदिङ्वामा उत्पादित गोलभेँडा तराईका बजारमा निर्यात

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा व्यावसायिक गोलभेँडा

पाथीभरामा एकै दिन १० हजार बढी तीर्थयात्री

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय

रेडक्रस ताप्लेजुङको कार्यालय प्रमुखमा अधिकारी

ताप्लेजुङ, कात्तिक १७ गते । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको कार्यालय

चो घोण्डे समाजद्वारा अग्निपीडित गुरुङ परिवारलाई ६४ हजार बढी सहयोग

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङ चो घोण्डे समाजले आगलागीबाट

खेबाङमा आजदेखि खेलकुद महोत्सव

ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आजदेखि