फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग



ताप्लेजुङ, भदौ २२ गते । फुरुम्वो–पालुङवा वंश प्रतिष्ठानले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले फुङलिङ नगरपालिका ७ दोखुकी क्यान्सर पीडित मिना नाल्बो पालुङवालाई एक लाख ७५ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

पीडित मिनालाई युके र प्रतिष्ठानको दोखु शाखाबाट सङ्कलन गरेर उपलब्ध गराइएको प्रतिष्ठानका दोखु शाखा सचिव रविन्द्र पालुङवाले जानकारी दिनुभयो । प्रतिष्ठानले बिरामीकी श्रीमान लोकमान पालुङवा नगद हस्तान्तरण गरेको छ ।

यस अघि पनि प्रतिष्ठानले आफ्नो वंशबाट करिब चार लाख रुपियाँ नगद सङ्कलन गरी उपलब्ध गराएको बताइएको छ । केन्द्रीय अध्यक्ष काजीमान पालुङवा, सङकलन कर्ता अमर पालुङवा र दोखु शाखाका अध्यक्ष भगिमान पालुङवाले संयुक्त रुपमा पीडित परिवारलाई रकम हस्तान्तरण गर्नुभएको छ ।

प्रकाशित मिति : 10:51 am

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा