साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न



साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा राजधानीको अनामनगर स्थित युएन हाउसमा उक्त कृतिको विमोचन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि काइँलाले उपन्यासमा मुन्धुमी बिम्ब साथै ऐतिहासिक बिषयहरुको उठान भएको बताउनु भयो । मुन्धुममा वर्णित सेक्मुरी मानवको प्रतिक फूल भएको चर्चा गर्दै  त्यसलाई लेखकले प्रात्रको रुपमा सुन्दर ढंगले प्रस्तुत गरेको उहाँले बताउनु भयो । उपन्यासले नेपालको प्राग ऐतिहासिक काल देखि  बुद्धको आगमन र बौद्ध दर्शन बिस्तारको प्रसंग उठान गर्नका साथै मुन्धुममा आउने सृष्टि उत्पतिको मिथकलाई छोएको छ उहाँले चर्चा गर्नुभयो । “यो उपन्यासले नेपालमा विद्यमान अनेक जीवन दर्शनहरुको परिचय पाठकहरुलाई गराएको छ ।” उहाँले थप्नु भयो । लेखकका पूर्व कृतिहरुको स्मरण गर्दै फुङ, थोक्फेला, सेक्मुरी जस्ता फूल विशेष नाम छनौट गर्न रुचाउने कृतिकारले आफ्नो  भावी कृतिको शिर्षक  सिङजाङगो फूल राख्ने कि भन्दै उहाँले जिज्ञासा र अपेक्षा मिश्रित सवाल राख्नु भयो । उहाँले कृतिले उठाएको बिषय महत्वपूर्ण रहेको बताउदै कृतिकारको लेखन शिल्पको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका अर्का वक्ता दिपक लुङगेली मगरले विमोचित उपन्यास इतिहास र सांस्कृतिक स्मृतिको दस्तावेज रहेको बताउनु भयो । “आफ्नो विद्यावारिधि समेत लिम्बु संस्कति र साहित्यमा नै भएकाले कृतिमा मुन्धुमी विम्ब र सौन्दर्यहरुको प्रयोग प्रयाप्त पाएँ ।” उहाँले बताउनु भयो । कृति मुन्धुम र बौद्ध दर्शनको  मिश्रित सेमिनार जस्तो रहेको पाएँ उहाँले थप्नुभयो । उहाँले उपन्यास भित्रका पात्रहरुको फरक मनोवैज्ञानिक यात्राले कृतिलाई पृथक पहिचान दिनसक्ने बताउदै मुन्धुममा रुची हुने पाठकहरुका लागि कृति राम्रो स्रोत हुन सक्ने बताउनु भयो ।

कार्यक्रमका अर्का वक्ता नेपाल खुल्ला विश्व विद्यालयका प्राध्यापक डा. संजीव हुमागाईंले उपन्यासले पात्रहरुलाई जिवन्तरुपमा प्रस्तुत गर्नका साथै  र दर्शनका विभिन्न आयामहरुलाई छोएको चर्चा गर्नुभयो । इतिहास र दर्शनलाई सबल रुपमा समेट्नु उपन्यासको सबल पक्ष रहेको उहाँले थप्नुभयो ।

पद्मकन्या क्याम्पसका प्राध्यापक अनुपमा रेग्मीले कार्यक्रममा बोल्दै उपन्यास मिथक र लोक विश्वासको जगमा उभिएको भनाइ राख्नुभयो । कृति केवल साहित्यिक रचनाका रुपमा मात्र नभएर एउटा वैचारिक र दार्शनिक उपन्यासको रुपमा आएको छ उहाँले थप्नुभयो । “यो उपन्यास बौद्धिक पाठकहरुका लागि राम्रो सिर्जना रुपमा आएको छ ।” उहाँले भन्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा साहित्यकार धर्मेन्द्र नेम्बाङले लेखक इतिहासको अध्येता पनि भएकाले आफ्नो कृतिमा इतिहासको सन्दर्भलाई प्रखर रुपमा उठाएको बताउनु भयो । नेम्बाङले लेखकलाई विमोचित कृतिको सफलताको शुभकामना दिनका साथै उपस्थित सबै प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

स्रष्टा, साहित्यकार, बुद्धिजीवी तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको उक्त विमोचन कार्यक्रमलाई युवा अध्येता भेषराज चेम्जोङले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति : 9:25 am

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

ताप्लेजुङ, चैत १२ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

ताप्लेजुङ, चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा