ताप्लेजुङमा मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको कविता गोष्ठी



ताप्लेजुङ, साउन ३१ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानले कविता गोष्ठी सञ्चालन गरेको छ । नेपाली साहित्यलाई उजागर गर्नका लागि केही समय अगाडि मात्र गठन भएको प्रतिष्ठानले आज कविता गोष्ठी सञ्चालन गरेको हो ।

गोष्ठी कार्यक्रममा जिल्लाका अग्रज तथ उदयमान साहित्यकारले आफ्ना रचनाहरू वाचन गरेका थिए । साहित्य क्षेत्रमा निरन्तर कलम चलाई रहेका अग्रज साहित्यकार लेकाली कान्छा (मुक्कुम), होमनाथ दाहाल, उदय भट्टराई, नवराज आचार्य, अग्रज गायक भरत गुरुङ, मित्र लिङदेन, प्रशान्त लेखक, देवानसिङ मादेन (बिरही कान्छा सुब्बा), मनिष हेल्लोक, सीता पिरती, लिला आँशु असफल लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा २३ जना स्रष्टाले रचना वाचन गरेको प्रतिष्ठानका सचिव बरही कान्छा सुब्बाले जानकारी दिनु भयो । सहभागी केही स्रष्टाहरूले मातृभाषामा समेत रचना प्रस्तुत गरेका थिए । साहित्यलाई संरक्षण गर्न, अग्रज स्रष्टाको अनुभव सुन्न तथा नयाँ पुस्तालाई समेत साहित्य प्रति आकर्षित गर्न गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले गोष्ठीमा रचना वाचन गर्ने स्रष्‍टालाई प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

कार्यक्रम कोशी प्रदेशका पूर्वमन्त्री बल बहादुर साम्सोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 6:18 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई