फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 



ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । सोमबार राति आएको बाढीले लेलेपमा रहेको ५० किलोवाट क्षमताको लघुजलविद्युतमा बाढीले क्षति पुर्‍याएको हो । 

गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्‍याएको विद्युतको पुन निर्माण गरि सञ्चालनमा आएको दुई सातामै फेरि अवरुद्ध भएको छ । महिनौँ दिन लगाएर मर्मत गरि गत भदौ २ गतेबाट उत्पादन सुरु भएको लघुजलविद्युतमा गएरातिको बाढीले पुन क्षति पु¥याएको स्थानीय तेञ्जिङ वालुङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको खोलामा रहेको ड्यामसाइड, विद्युत गृह, ट्रान्सफर्मर तथा अन्य विभिन्न क्षेत्रमा क्षति पुगेको छ । 

लघुजलविद्युतमा बाढीले क्षति पुर्याए पछि करिब २ सय घर परिवार पुन विद्युत विहीन भएका छन् । स्थानीय शेर्पाका अनुसार साविक लेलेपको तीन, चार, पाँच, छ र सात नम्बर वडाका नागरिक विद्युत सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केही लागत र महिनौँ दिनको स्थानीयको श्रमदान मार्फत पुन विद्युत उत्पादन सुरु भएको थियो । क्षति पुगेको संरचना तथा उपकरण मर्मत गरि सञ्चालनमा ल्याउन पुन महिनौँ दिन लाग्ने बताइएको छ । 

यसैबीच लुङथुङमा रहेको लुङथुङ गुम्बा समेत जोखिममा रहेको छ । गुम्बा परिसरको छेउको भाग भत्किएकाले जोखिममा पुगेको हो । तत्काल नै पुननिर्माण नगरे गुम्बा समेत क्षति पुग्ने स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : 6:37 am

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको