ताप्लेजुङ गोल्ड कपमा ३२ लाख बढीको टिकट बिक्री



ताप्लेजुङ, भदौ ९ गते । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा ३२ लाख रुपियाँ बढीको टिकट बिक्री भएको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न तेश्रो संस्करणको प्रतियोगितामा कुल ३२ लाख ४६ हजार सा सय रुपियाँको टिकट बिक्री भएको हो । 

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा यस वर्ष टिकट बिक्री ठेक्का प्रक्रियामार्फत गरिएको थियो । समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार क्वाटर फाइनलमा नौ लाख ६१ हजार पाँ सय रुपियाँ, सेमिफाइनलमा सात लाख ८५ हजार दुई सय रुपियाँ र फाइनलमा १५ लाख रुपियाँको टिकट बिक्री भएको छ । 

क्वाटर फाइनलको पहिलो दिन तीन लाख २३ हजार नौ सय रुपियाँ, दोश्रो दिन एक लाख ८५ हजार पाँच सय रुपियाँ, तेश्रो दिन दुई लाख २८ हजार पाँच सय रुपियाँ र चौथो दिन दुई लाख २३ हजार छ सय रुपियाँको टिकट बिक्री भएको समितिका कोषाध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार क्वाटर फाइनलको पहिलो दिन तीन हजार २३९ जना, दोश्रो दिन एक हजार ८५५ जना, तेश्रो दिन दुई हजार २८५ जना र चौथो दिन दुई हजार २३६ जनाले टिकट काटेका थिए । 

त्यस्तै सेमिफाइनलको पहिलो दिन १ हजार ६२५ जनाले टिकट काट्दा ३ लाख २५ हजार रुपियाँ सङ्कलन भएको समितिले जनाएको छ । सेमिफाइनलको पहिलो दिन वर्षाका कारण कम टिकट बिक्री भएको थियो । दोश्रो दिन २ हजार ३०१ जनाबाट ४ लाख ६० हजार २०० रुपियाँ सङ्कलन भएको बताइएको छ । 

समितिका अनुसार फाइनलका दिन ६ हजार दर्शकले १५ लाख रुपियाँको टिकट लिएका थिए । आयोजकले टिकट बितरकलाई उपलब्ध गराएको ६ हजार प्रति सबै टिकट बिक्री भएको समितिले जनाएको छ । फाइनलका लागि आयोजकले प्याराफिटको क्षमता अनुसार सीमित सङ्ख्यामा दर्शक राख्नका लागि ६ हजार प्रति मात्र टिकट छापेर उपलब्ध गराएको जनाएको छ । दर्शकको चाप बढेसँगै सो दिन टिकट अभाव समेत भएको समितिले जनाएको छ ।  

समितिले क्वाटर फाइनलका लागि १०० रुपियाँ, सेमिफाइनमा २०० रुपियाँ र फाइनलका लागि २५० रुपियाँ टिकट दर निर्धारण गरेका थिए । टिकट काटेर मैदान प्रवेशका गरेका  दर्शकलाई हरेक दिन गोलाप्रथाको माध्यमबाट एउटा स्मार्ट मोबाइल समेत उपलब्ध गराइएको थियो । 

गत साउन २४ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल साउन ३१ गते भएको थियो । गोल्डकपको उपाधि गत वर्षको उपविजेता मधेश प्रदेशको सलहेश युवा क्लब सिरहा क्लबले चुमेको छ । विजेता बनेसँगै सिरहाले नगद ७ लाख २ हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । 

प्रकाशित मिति : 9:49 am

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर