पाथीभरामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना सुरु



साहारा लिम्बू
ताप्लेजुङ, भदौ ५ गते ।
प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरी गणनाको कार्य सुरु गरेका हुन् ।

अबिर लगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर गणना गरी घाममा सुकाएर गणना गर्ने गरेका छन् । घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने समितिले जनाएको छ ।

यहाँ नेपाली सिक्का मात्र नभएर भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो ।

भेटी गणनाका लागि ८ जना कर्मचारी समितिले परिचालन गरेको छ । हरेक दिन पाथीभरा मन्दिरबाट कर्मचारीले भेटी सङ्कलन गरी माथिल्लो फेदीमा भण्डारण गर्ने गरेका छन् । नगद भेटी गणनाको कार्य सम्पन्न हुनासाथ सिक्का गणनाको कार्य थालनी गरेको हो ।

यहाँबाट सिक्का गणना गरी विभिन्न बैंक तथा जिल्ला बाहिरका ठुल्ठुला डिपार्टमेन्टहरुमा सटही गरिँदै आएको समितिको भनाइ छ । भारतलगायतका मुलुकका सिक्का तथा नोट सटहीमा भने समितिलाई सकस परिरहेको छ ।

प्रकाशित मिति : 5:18 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन