ताप्लेजुङका सीडीओ शर्माको सरुवा, सेढाइ आउँदै



ताप्लेजुङ, भदौ ५ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  नेत्रप्रसाद शर्माको सरुवा भएको छ । प्रजिअ शर्माको गृहमा सरुवा भएको हो । 

 अब ताप्लेजुङमा नयाँ प्रजिअको रुपमा शिवराज सेढाइ आउने हुनु भएको छ ।  सरकारले काठमाडौँसहित १३ जिल्लाको प्रजिअको हेरफेर गरेको छ। गृह मन्त्रालयले काठमाडौंको सिडिओमा छविलाल रिजाललाई सरुवा गरेको हो। काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालयमा तानिएको छ।

 त्यस्तै सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वको सिडिओ हेरफेर गरेको हो । ती जिल्लामा रहेका सिडिओहरू अनोजकुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपानेलाई गृहमा तानिएको छ।

 त्यस्तै गणेशप्रसाद पौडेललाई बाजुरा, लिलाकुमारी केसी पाण्डे सोलुखुम्बु, राजेश पन्थीलाई रसुवा, नवराज पौडेललाई मनाङ, शिवराज सेढाइलाई ताप्लेजुङ, खडानन्द खत्रीलाई मुगु, सिता परियारलाई रुकुम पूर्व, बद्रीप्रसाद तिवारीलाई म्याग्दी, गोकर्ण राज सुयल कालिकोट, दिनेशप्रसाद थानीलाई रुकुम पश्चिम, भीमराज कोइरालालाई डोल्पा र टेककुमार रेग्मीलाई हुम्लाको सिडिओ बनाइएको छ ।

प्रकाशित मिति : 6:01 am

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते