साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन



ताप्लेजुङ, भदौ १ गते । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा झण्डै साढे १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा उक्त रकम बराबरको भेटी सकल भएको हो । समितिले तीर्थयात्रीले चढाएको भेटी प्रत्येक महिना गणना गरि बैँकमा जम्मा गरेर कुल रकमको विवरण सार्वजनिक गरिरहेको छ ।

कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा दुई हजार बढी तीर्थयात्री दर्शनका लागि पाथीभरा पुगेका छन् । एक महिनाको अवधिमा दुई हजार एक सय छयालीस जना भक्तजन मन्दिर दर्शनका लागि पाथीभरा पुगेको समितिले जनाएको छ ।

गत आर्थिक वर्ष ०८१/०८२ मा दुई करोड १७ लाख आठ सय छयहत्तर जना तीर्थयात्री आउँदा तीन करोड ११ लाख ६४ हजार छ सय छयहत्तर रुपैयाँ भेटी सङ्कलन भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आवमा तीर्थयात्रीको संख्या र भेटी रकम घटेको समितिको तथ्याङ्कमा उल्लेख छ । दुई करोड ३१ लाख तीन सय चौँतिस जना तीर्थयात्री आउँदा तीन करोड ९८ लाख ४१ हजार नौ सय अन्ठानब्बे रुपियाँ भेटी अघिल्लो आर्थिक वर्षमा सङ्कलन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा साढे १३ हजार कमी दर्शनार्थी आउँदा झण्डै साढे ८७ लाख रुपियाँ कम भेटी सङ्कलन भएको थियो ।

प्रकाशित मिति : 6:36 am

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम