ताप्लेजुङ गोल्ड कपको उपाधि सलहेश युवा क्लबलाई 



साहारा लिम्बू
ताप्लेजुङ, साउन ३१ गते ।
अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका सलहेश युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले उपाधि हात पारेको हो । 

खेलको ७९ औं मिनेटमा सलहेशका लागि सुनिल खड्काले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ८९ औँ मिनेटमा फेरी सलहेशका युसुफ मलिकले पुन गोल गर्दै टिमलाई ०–२ को अग्रता दिलाउन सफल हुनुभएको थियो । सलहेश गत वर्षको उपविजेता टिम हो ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन भएको ताप्लेजुङ गोल्ड कपमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको थियो ।  

यस्तै बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सलहेशले रेड स्टार क्लब झापालाई २–० गोल अन्तर पराजित गर्दै उपाधिका लागि चर्च ब्वाइजसँग भेट पक्का गरेको थियो । चर्च ब्वाइज यस अघि पाथिभरा गोल्ड कपको नामले सञ्चालन भएको पहिलो संस्करणको विजेता बनेको थियो । 

खेलको सर्वोकृष्ट खेलाडी बन्दै सलहेशका छिरीङ गुरुङले यामाहाको बाइक प्राप्त गर्नु भएको छ । यस्तै सर्वोकृष्ट गोलकर्ता सलहेश कै युसुफ मलिक हुनुभएको छ । उहाँले खेल अवधिभरमा जम्मा पाँच गोल गर्नुभएको थियो । खेलको राईजीङ प्लेयर आयोजक तेल्लोक स्पोर्टीङ क्लबका सुहाङ लिम्बू हुनुभएको छ भने वेस्ट कोच सलहेशका राजिब यादव हुनुभएको छ । 

खेलको वेस्ट फर्वाड चर्च ब्वाइजका आकाश राई, वेस्ट मीड फिल्डर चर्च ब्वाइजकै युवराज ढकाल र वेस्ट डिफेन्डर पनि चर्च ब्वाइजकै अभिषेक खड्का हुनुभएको छ भने, वेस्ट गोलकिपर सलहेशका राम्बो चौधरी हुनुभएको छ । उहाँहरूले नगद १५ हजार रुपियाँ सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । 

खेलको विजेता बन्न सफल सलहेश युवा क्लबले उपाधि सँगै नगद सात लाख दुई हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा चर्च ब्वाइज क्लबले नगद तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको छ । 

प्रकाशित मिति : 7:40 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ