ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु



ताप्लेजुङ, साउन ३० गते । ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका साढे दुई वर्षीया बालिकाको फड्के पुलबाट लडेर मृत्यु भएको हो ।

फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार आमा शान्ता लिम्बूले छोरीलाई बोकेर माइती जाने क्रममा पुलबाट चिप्लिएर दुवै जना खोलामा पसेका थिए । चिप्लिएर खोलामा पसेका शान्तालाई ससुरा टकबहादुर लिम्बुले उद्धार गर्नुभएको थियो ।

त्यस्तै बालिकालाई भने खोलाले बगाएर करिब दुई सय मिटर तल पु¥याएको थियो । ढुङ्गामा अल्झिएको बालिकाको उद्धार गर्नुअघि नै निधन भइसकेको बताइएको छ ।

फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी फड्के पुलबाट चिप्लिएर आमाछोरी खोलामा पसेका थिए । शवको कानुनी प्रक्रिया पूरा गर्नका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटाइएको बताइएको छ ।

प्रकाशित मिति : 5:20 pm

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय