ताप्लेजुङ गोल्ड कप : फाइनलका लागि आज रेड स्टार झापा र सहलेश भिड्दै 



साहारा लिम्बू
ताप्लेजुङ, साउन २९ गते ।
फुङ्लिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपमा फाइनलका लागि विहीबार रेड स्टार र सहलेश प्रतिस्पर्धा गर्दै छन् । दोस्रो सेमिफाइनल खेलमा झापाको रेड स्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब बिच प्रतिस्पर्धा हुने भएको हो । 

यो खेलको विजेताले फाइनलमा उपाधिका लागि ललितपुरसँग भिड्नेछ । बुधबार भएको पहिलो फाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगिताको ७७ औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोल गर्दा खेलमा सुरुवाती अग्रता लिएको थियो । तर सुनसरीले निर्धारित समयको अन्त्यपछि अतिरिक्त समयमा सम्हालिन नसक्दा हार ब्यहोर्न बाध्य भएको हो । खेलको ९३ औँ मिनेटमा सुनसरीका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकमार्फत चर्च ब्वाइजका सुमन श्रेष्ठले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याउनु भएको थियो । 

त्यसपछि भएको ट्राइबेकरमा सुनसरीका निरोज खड्काले प्रहार गर्नुभएको बलले मात्र जाली चुमेको थियो । विशाल तामाङ, निवास पौडेल र युगन राईको प्रहार खेर गएको थियो । उता चर्च ब्वाइजका सुमन श्रेष्ठ ,रोशन पहाडी, युवराज ढकाल गोल गर्न सफल हुँदा नवयुग श्रेष्ठ भने चुक्नु भएपनि ३–१ जित हात पार्दै उपाधि भिडन्तको लागि सिट सुनिश्चित भएको हो । 

यस्तै सहलेशले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० र झापाले सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेका हुन । उता ललितपुरले भारतको लिजेन्ड फुटबल एकेडेमीलाई १–० र सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद  सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख पचास हजार बयासी रुपियाँ  सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 6:43 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित