फोनिज ताप्लेजुङमा समाजसेवी लिम्बूद्वारा डेढ लाख बढीको अक्षयकोष स्थापना



ताप्लेजुङ, साउन २८ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङ शाखामा समाजसेवी सविता फेम्बु लिम्बू (हेमा) ले अक्षयकोष स्थापना गर्नु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका घर भइ हाल हङकङमा बसोबास गर्दै आइरहनु भएका समाजसेवी लिम्बूले फोनिजको नाममा रहने गरि गरी नगद १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरि दिनु भएको हो ।

फोनिजको २६ औं स्थापना दिवसको अवसरमा समाजसेवी लिम्बूले उक्त रकम बराबरको ‘सविता फेम्बु लिम्बू (हेमा) अक्षयकोष’ स्थापना गर्नु भएको ताप्लेजुङ शाखाका अध्यक्ष दिलकुमार लिम्बूले बताउनुभयो । दिवसको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा दाताका प्रतिनिधि खगेन्द्र फेम्बुले फोनिज ताप्लेजुङका अध्यक्ष दिलकुमार लिम्बूलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्दै अक्षयकोष स्थापना गरिएको हो ।

उक्त अक्षयकोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजमार्फत जनजातिको हक हितका लागि कलम चलाउने पत्रकार तथा लेखकलाई पुरस्कृत गर्ने योजना रहेको अध्यक्ष लिम्बूको भनाई छ । त्यस्तै पर्यावरणको तथा सांस्कृतिक संरक्षणको निम्ति समेत अक्षयकोष स्थापना गर्न कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदलाई परियोजना प्रस्तावना समेत बुझाएको छ । जनजातिसँग सम्बन्धित वस्तुहरूको संरक्षणमा भूमिका खेल्ने नागरिकलाई पुरस्कृत गर्ने गरि अक्षयकोष स्थापना गर्ने योजना अनुसार प्रस्तावन पेश गरिएको फोनिज ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङ शाखाले अक्षयकोष स्थापना, परियोजना प्रस्तावना पेश तथा शुभकामना आदानप्रदान गर्दै फोनिजको स्थापना दिवस मनाएको हो । कार्यक्रममा फोनिजका सङ्घीय सचिव माला पालुङ्वा, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष फेम्बु, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष वाङ्गे शेर्पा, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य लगायत विभिन्न जाती संस्था तथा पत्रकारजन्य सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहको थियो ।

प्रकाशित मिति : 6:43 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज