ताप्लेजुङ गोल्ड कप : फाइनल प्रवेशका लागि सुनसरी र चर्च ब्वाइज भिड्दै



ताप्लेजुङ साउन २८ गते । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा बुधबारदेखि सेमिफाइनल चरणका खेलहरू सुरु हुँदैछ ।फाइनल प्रवेशका लागि सुनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

गत साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्‌घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यस्तै ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को कठिन जित निकाल्दै सेमिफाइनलमा सुनसरीसँगकोे भेट पक्का गरेका हुन् ।

भोलिको दोश्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच आमनेसामने हुने भएको छ । सिराहाले हिजो भएको अन्तिम क्वाटर फाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । झापाले पोखराको सहारा क्लबलाई २–१ गोलले पाखा गाउँदै सेमिफाइनलमा प्रवेश थियो । 

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ । गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : 6:23 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ