ताप्लेजुङ गोल्डकप : आज पाँचथर र सलहेश युवा क्लब भिड्दै



ताप्लेजुङ, साउन २७ गते । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा मङ्गलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबले सलहेश युवा क्लब सिराहाको सामना गर्ने भएको छ । गत वर्ष सम्पन्न भएको दोश्रो ताप्लेजुङ गोल्ड कपको उपविजेता सिराहा र पाँचथरबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुन लागेको हो ।

गत वर्षको उपविजेता बनेको सिरहाले यस वर्षको उपाधि आफ्नो पोल्टामा पार्ने दाबी सहित खेलाडी मैदानमा उतार्दै छ । पाँचथरले पनि अब्बल टिमसँग आफ्नो प्रतिष्पर्धा भएकाले अनुभवी खेलाडीलाई टिममा समावेश गरेको जनाएको छ । 

आजको खेल सम्पन्न भएसँगै सेमिफाइनलको  समीकरण पुरा हुनेछ । सुनसरीको द योङ ब्रदर्श इटहरी, झापाको रेड स्टार फुटबल क्लब र चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनलमा प्रवेश गरेका छन् । 

हिजो भएको तेश्रो क्वाटर फाइनल खेलबाट १–० गोल अन्तरले ललितपुरसँग भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । खेलको १० औँ मिनेटमा चर्च ब्वाइजका मनिष जर्घाले गरेको गोल नै जितका लागि पर्याप्त बनेको थियो । त्यस्तै सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ र झापाले सहारा क्लब पोखरालाई २–० गोल अन्तरले पराजित गर्दै पाखा लगाएको हो । 

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित आठ टिम सहभागी भएको प्रतियोगिताको फाइनल आगामी शनिबार ९साउन ३१ गते० हुनेछ । गोल्डकपको उपाधि चुम्ने टिमले नगद सात लाख दुई हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता बन्ने टिमलाई नगद तीन लाख ५० हजार बयासी रुपियाँ प्रदान गरिने समितिले जनाएको छ । 

खेलको सर्वोकृष्टलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीले समेत उचित नगद पुरस्कार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : 6:49 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ