दश खेलाडीमा सीमित भारत चर्च ब्वाइजसँग पराजित



साहारा लिम्बू 
ताप्लेजुङ, साउन २६ गते ।
फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा दश खेलाडीमा सीमित भारत चर्च ब्वाइज क्लबसँग स्तब्ध भएको छ । सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी ललितपुरको चर्च ब्वाइज क्लबसँग १–० गोल अन्तरले स्तब्ध भएको हो । 

जित सँगै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको छ ।  खेलको सुरुवाती १०औं मिनेटमा नै चर्च ब्वाइजका मनिष जर्घाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । उक्त गोल नै चर्च ब्वाइजका लागि जित सावित हुन पुग्यो । भारतका खेलाडी प्रितम वैद्यले पहिलो हाफमै रेड कार्ड प्राप्त गरी खेलबाट बाहिरिनुभएको थियो । यसपछि भारत १० खेलाडीमा सीमित भएको थियो ।

यस्तै खेलको ‘म्यानअफ दि म्याच’ चर्च ब्वाइजका गोल किपर विश्वास चौधरी हुनुभएको छ । उहाँले नगद सात हजार रुपियाँ प्राप्त गर्नुभएको छ ।  यो सँगै बुधबार हुने पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजले सुनसरीसँगको भेट पक्का गरेको छ  । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

भोलि हुने क्वाटर फाइनलको अन्तिम खेलमा सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच आमनेसामने हुँदैछ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुँदैछ । 

गोल्डकपको विजेताले सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान प्राप्त गर्ने छन् ।


 

प्रकाशित मिति : 5:39 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता