ताप्लेजुङ गोल्ड कप : आज चर्च ब्वाइज र लिजेण्ड फुटबल एकेडेमी भारत भिड्दै



ताप्लेजुङ । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको तेश्रो क्वाटर फाइलनमा आज ललितपुर र भारतबीच प्रतिष्पर्धा हुँदैछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ ललितपुरको चर्च ब्वाइज क्लब र भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीबिच भिडन्त हुँदैछ ।

आजको विजेताले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीसँगको भेट पक्का गर्नेछ । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

आइतबार भएको दोश्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुग्ने दोश्रो टीम बनेको छ । यस्तै शनिबार भएको पहिलो उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब भोलि हुने क्वाटर फाइनलको अन्तिम खेलमा सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच आमनेसामने हुँदैछ । यो खेलको विजेताले आगामी विहीबार (साउन २९ गते) हुने दोश्रो सेमिफाइनलमा झापासँगै भिड्ने छ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा साउन ३१ गते हुँदैछ । गोल्डकपको विजेताले ७ लाख २ हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 6:30 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित