ताप्लेजुङ गोल्डकपमा सुनसरीको विजय यात्रा सुरु



साहारा लिम्बू

ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीले विजयको यात्रा सुरु गरेको छ । द योङ ब्रदर्श क्लब इटहरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयको यात्रा सुरु गरेको हो ।

भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको उद्‌घाटन खेलमा विजय यात्रा सुरु गर्दै द योङ ब्रदर्श क्लब इटहरीले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । खेलको २६औं मिनेटमा आयोजकको तर्फबाट संजय श्रेष्ठले गोल गर्नुहँुदै टिमलाई अग्रता दिलाउनु भएको थियो ।


तर, खेलको ७०औं मिनेटमा द योङ ब्रदर्श क्लब इटहरीका निरज खड्का गोल गर्नुहुँदै टिमलाई बराबरीमा ल्याउन सफल हुनुभएको थियो । यस्तै खेलको ७४औं मिनेटमा द योङ ब्रदर्श कै योगन राईले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाउन सफल हुनुभएको थियो । यो सँगै द योङ ब्रदर्श क्लब इटहरीले विजयको यात्रा सुरु गरेको छ ।

यस्तै भोलि सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुनेछ । साउन २७ गते हुने क्वाटर फाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

क्वाटर फाइनल चरणका चार ओटा खेलहरूका लागि एक सय रुपियाँ, सेमिफाइनलमा दुई सय र फाइनलमा दुई सय पचास रुपियाँ टिकट दर निर्धारण गरेको छ । टिकट काटेर मैदान प्रवेश गर्ने दर्शकका लागि हरेक दिन गोलाप्रथाको माध्यमबाट एउटा स्मार्ट फोनको साथमा पावर बैँक र एयर बड समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

मैदानमा करिब ९ हजार बढी दर्शक व्यवस्थापनका लागि बाँसबाट निर्मित अस्थायी तथा स्थायी प्याराफिटहरु रहेका छन् । हरेक दर्शकको निगरानीका लागि यस वर्षदेखि मैदान आसपासका क्षेत्रमा सिसिटिभी समेत जडान गरिएका आयोजकको भनाई छ ।

प्रकाशित मिति : 6:17 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ