ताप्लेजुङ समाजको आयोजनामा काठमाडौँमा ‘ताप्लेजुङ लाखे नाच मेला’ हुने



काठमाडौँ । ताप्लेजुङ समाज नेपालले आगामी साउन ३१ गते काठमाडौँमा भव्य रूपमा लाखे नाच मेलाको आयोजना गर्ने भएको छ ।

धुम्बाराहीस्थित एसआर ब्यांक्वेटको मैदानमा हुने लाखे नाच मेलामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहनेछ । ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरूसहित जिल्लाका विशिष्ट व्यक्ति तथा जिल्लावासीहरूको भव्य उपस्थिति रहने शुक्रबार समाजले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

समाजले स्थापना कालदेखि नै ताप्लेजुङमा बसोबास गर्ने विभिन्न जाति तथा समुदायका मौलिक पर्वहरू पालैपालो उत्सवका रूपमा मनाउँदै आएको छ । सोही अनुसार यस वर्ष नेवारी संस्कृतिमा आधारित लाखे नाच मेलालाई वार्षिक क्यालेन्डरमा समावेश गर्दै मनाउन लागिएको समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले बताए ।

कार्यक्रमलाई सफल बनाउन समाजका अध्यक्ष तुम्बाहाम्फे संयोजक, ताप्लेजुङ नेवा संस्कृति समाज काठमाडौँका अध्यक्ष जीवनकुमार श्रेष्ठ सहसंयोजक, दुवै संस्थाका पदाधिकारी तथा सदस्य, जिल्लाका विशिष्ट व्यक्तित्व र ताप्लेजुङसँग सम्बन्धित काठमाडौँमा रहेका सामजिक संघसंस्था सदस्य रहेको १५१ सदस्यीय मूल आयोजक समिति र ११ उपसमिति गठन गरिएको छ ।

मेलामा ताप्लेजुङको परम्परागत लाखे नाच, बेठी बाजासहितको रोपाइँ जात्रा, च्याब्रुङ नाच, याबा बिजुवा नाच, स्याब्रु नाच, संगिनी नृत्यसहित राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । मौलिक भेषभूषामा आउने उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिने समाजले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेवारी परिकार क्वाटी, छोइला, आइलालगायतको खानपान स्टल, ताप्लेजुङमै उत्पादित अलैंची, छुर्पी, राडी, पाखी तथा अन्य जडिबुटीको प्रदर्शनी पनि गरिने छ । साथै, जिल्लाका मुख्य धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको प्रचार–प्रसारमा मद्दत पुग्ने सामग्रीसमेत प्रदर्शनीमा राखिनेछ ।

ताप्लेजुङको दोभान, धुले, हान्द्रुङसहित फुङलिङ बजारकै लाखे नाचको झल्को दिने नाच प्रस्तुत गरिने र त्यसको लागि रिहर्सल भइरहेको लाखे संयोजक राजीव श्रेष्ठले बताए ।

लाखे नाचलाई यस वर्ष भव्य महोत्सवकै रूपमा मनाउन लागिएको ताप्लेजुङ नेवा संस्कृति समाज काठमाडौँका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।
जिल्लावासीबीचको एकतालाई मजबुत बनाउने, सामाजिक सद्भाव कायम राख्ने र भावी पुस्तालाई मौलिक सांस्कृतिक पर्वको जगेर्नामा प्रेरित गर्ने योजनासहित मेला आयोजना गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष रमेश बरालले बताए ।

प्रकाशित मिति : 9:51 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित