भोलीबाट सुरु हुने तेश्रो ताप्लेजुङ गोल्डकपको तयारी पूरा, उद्घाटनमा तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श इटहरी भिड्दै 



साहारा लिम्बू
ताप्लेजुङ, साउन २३ गते । तेश्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको तयारी पूरा भएको छ । लाखे जात्रा सञ्चालन समितिले शुक्रबार खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलीबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

साउन ३१ गते सम्म जारी रहने प्रतियोगिता हेर्न आउने दर्शकका लागि अस्थायी प्याराफिट निर्माण गरिएको छ । करिब ९ हजार सम्म दर्शक अटाउने गरि प्याराफिटको निर्माण गरिएको समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । खेलमा जिल्लाका एक सहित ८ टिमले प्रतिष्पर्धा गर्दैछन् । 

जसमा ताप्लेजुङको प्रतिनिधित्व तेल्लोक स्पोर्टीङ क्लबले गर्ने भएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगितामा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत सहभागी हुने भएको छ । यस्तै अन्य टोलीहरूमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् । 

भोलि हुने पहिलो खेलमा तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीबीच प्रतिष्पर्धा हुने भएको छ । खेलको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्रतिनिधि सभा सांसद योगेश भट्टराईको पहलमा यामाहाको बाइक समेत प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै हरेक दिन टिकट काट्ने दर्शकले स्मार्ट फोन प्राप्त गर्नेछन् । यस्तै खेलको उद्‌घाटन समारोहमा सिङ्गी नाच, धान नाच, च्यब्रुङ नाच, लाखे नाच साथै स्वागत नृत्य प्रस्तुत गरिने भएको छ । यो सँगै श्री भानु जन माध्यमिक विद्यालयका विद्यार्थीहरूले गोल्डकपको आकृति बनाउने आयोजकले जनाएको छ ।

 जिल्लाको पर्यटन प्रबर्द्धन र आर्थिक विकासका लागि सञ्चालन गरिने गोल्ड कपमा जिल्लाका पर्यटकीय क्षेत्रहरूको फोटो प्रदर्शनी समेत गरिने छ । 

प्रकाशित मिति : 5:52 pm

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा