भोलीबाट सुरु हुने तेश्रो ताप्लेजुङ गोल्डकपको तयारी पूरा, उद्घाटनमा तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श इटहरी भिड्दै 



साहारा लिम्बू
ताप्लेजुङ, साउन २३ गते । तेश्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको तयारी पूरा भएको छ । लाखे जात्रा सञ्चालन समितिले शुक्रबार खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलीबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

साउन ३१ गते सम्म जारी रहने प्रतियोगिता हेर्न आउने दर्शकका लागि अस्थायी प्याराफिट निर्माण गरिएको छ । करिब ९ हजार सम्म दर्शक अटाउने गरि प्याराफिटको निर्माण गरिएको समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । खेलमा जिल्लाका एक सहित ८ टिमले प्रतिष्पर्धा गर्दैछन् । 

जसमा ताप्लेजुङको प्रतिनिधित्व तेल्लोक स्पोर्टीङ क्लबले गर्ने भएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगितामा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत सहभागी हुने भएको छ । यस्तै अन्य टोलीहरूमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् । 

भोलि हुने पहिलो खेलमा तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीबीच प्रतिष्पर्धा हुने भएको छ । खेलको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्रतिनिधि सभा सांसद योगेश भट्टराईको पहलमा यामाहाको बाइक समेत प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै हरेक दिन टिकट काट्ने दर्शकले स्मार्ट फोन प्राप्त गर्नेछन् । यस्तै खेलको उद्‌घाटन समारोहमा सिङ्गी नाच, धान नाच, च्यब्रुङ नाच, लाखे नाच साथै स्वागत नृत्य प्रस्तुत गरिने भएको छ । यो सँगै श्री भानु जन माध्यमिक विद्यालयका विद्यार्थीहरूले गोल्डकपको आकृति बनाउने आयोजकले जनाएको छ ।

 जिल्लाको पर्यटन प्रबर्द्धन र आर्थिक विकासका लागि सञ्चालन गरिने गोल्ड कपमा जिल्लाका पर्यटकीय क्षेत्रहरूको फोटो प्रदर्शनी समेत गरिने छ । 

प्रकाशित मिति : 5:52 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ