बहुविवाह सम्बन्धी कानुन नल्याउन सरकारलाई ताप्लेजुङका महिलाहरुको संयुक्त ध्यानाकर्षण




रेडियो काबेली
ताप्लेजुङ । सरकारले निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने गरीे कानुन ल्याउन लागेको भन्दै त्यसको विरोधमा ताप्लेजुङका महिलाहरुले संयुक्त रुपमा ध्यानाकषर्ण गराएका छन् । बिहिबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला ईन्चार्ज मनु मादेन, अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला अध्यक्ष निता सिवा, राष्ट्रिय स्वतन्त्र पार्टी महिला संगठन प्रतिनिधि निर्मला (मिरा) लावुङ र जनता समाजवादी महिला संगठन अध्यक्ष फूलमाया शेर्पा सहितका महिलाहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत सरकारको ध्यानाकषर्ण गराएका हुन् ।

बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून गैर जिम्मेवारी पूर्ण प्रतिगामी र आपत्तीजनक रहेको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै यस कदमले महिला अधिकारको क्षेत्रमा शताब्दीयौं देखि गरिन्दै आएको कठोर संघर्ष, बलिदान र क्रान्तिबाट प्राप्त उपलब्धीलाई नस्ट गर्न र २०७५ भदौ १ गतेबाट पूर्ण रूपमा निषेध गरिएको बहुविवाह प्रथालाई पुनः स्थापित गर्न, बहुविवाह जस्ता सामाजिक अपराधलाई प्रोत्साहन गर्ने स्पष्ट मनसाय रहेको देखिएको उल्लेख गर्दै उक्त प्रस्ताव तत्काल खारेज गर्न माग गरिएको छ ।

प्रकाशित मिति : 8:54 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर