फक्ताङलुङमा बाढीले पुल बगाएपछि स्थानीयको श्रमदान मार्फत निर्माण गरि आवतजावत सुचारु



ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा श्रमदान मार्फत अस्थायी काठे पुल तथा बाटो निर्माण गरिएको छ । बाढी पहिराले अधिकांश क्षेत्रमा क्षति पुर्याएकाले स्थानीयको सक्रियतामा श्रमदान मार्फत मानिस आवतजावतका लागि पुल तथा बाटो निर्माण गरिएको हो ।

गत असार २६ गते आएको बाढीले फक्ताङलुङको लेलेपका विभिन्न स्थानमा रहेको पुल तथा बाटोमा बाढीले क्षति पुर्याएकाले स्थानीय तेन्जिङ वालुङ शेर्पाको नेतृत्वमा श्रमदान मार्फत मर्मत गरिएको छ । लेलेपको थाक्पाखोला र छङजावा खोलामा रहेको अस्थायी मोटरेबल पुल बाढीले बगाएपछि यातायात नै ठप्प भएको थियो ।

स्थानीयको सक्रियतामा दुईओटा खोलामा पुल तथा लुङथुङको छ्यासिङ खोलाको छेउमा रहेको बाटो समेत मर्मत गरेर मानिस आवतजावतलाई सहज बनाइएको शेर्पाको भनाई छ । उहाँका अनुसार त्यस क्षेत्रमा बाढीले क्षति पुर्याएको करिब २० मिटर बाटो मर्मत गरिएको छ । मानिस आवतजावत गर्न मिल्ने गरि ढुङ्गाको सोलिङ तथा सिँढी निर्माण गरिएको शेर्पाले जानकारी दिनुभयो ।

पुल तथा बाटो निर्माण गरेसँगै अहिले स्थानीयलाई खाद्यान्न बोकेर बस्ती सम्म पुर्याउन सहज भएको स्थानीयले बताएका छन् । पुल नहुँदा स्थानीयले जोखिम मोलेर सो क्षेत्रमा यात्रा गर्ने गरेका थिए ।

बाढीका कारण क्षति पुगेको ५२ किलोवाट क्षमताको लघुजलविद्युतको उत्पादन ठप्प हुँदा दुई सय घर परिवार विद्युत सेवाबाट बञ्चित भएका छन् । सो लघुजलविद्युतको कार्य निर्माणका कार्य जारी रहेपनि सम्पन्न हुन महिनौँ दिन लाग्ने स्थानीयको भनाई छ ।

प्रकाशित मिति : 4:48 pm

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा