ताप्लेजुङ गोल्डकपको दोस्रो पुरस्कार पाथीभरा दर्शन केबलकारले प्रायोजन गर्ने



रेडियो काबेली
ताप्लेजुङ ।
यही श्रावण २४ गते देखी हुने अन्तराष्ट्रिय आमन्त्रित तेस्रो ताप्लेजुङ गोल्डकपको दोस्रो पुरस्कार पाथीभरा दर्शन केबलकार कम्पनीले प्रायोजन गर्ने भएको छ । लाखे जात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार गोल्डकपको दोस्रो पुरस्कार ३ लाख ५० हजार ८२ रुपैयाँ कम्पनीले दिने भएको हो ।

समिति र कम्पनीबीच पुरस्कार दिने विषयमा सम्झौता भएको कोषाध्यक्ष शेर्पाले बताउनुभयो । कम्पनीले ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केबलकार निर्माण गरि रहेको छ । यस अघि अप्पर तमोर हाइड्रो पावरले गोल्डकपको प्रथम पुरस्कार बराबरको ७ लाख २ हजार ८२ रुपैयाँ पुरस्कार प्रायोजन गर्ने सम्झौता भइसकेको छ ।  

गोल्ड कपमा तेल्लोक स्पोर्टीङ क्लब सहित ८ टिमको सहभागिता हुँदै छ । जसमा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत, फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्रतिनिधि सभा सांसद योगेश भट्टराईको पहलमा यामाहाको बाइक समेत प्राप्त गर्ने आयोजकको भनाई छ ।

त्यस्तै हरेक दिन टिकट काट्ने दर्शकले स्मार्ट फोन प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 10:10 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा