ताप्लेजुङस्थित काबेली–३ जलविद्युत् आयोजनाको परिक्षण उत्पादन सुरु 



ताप्लेजुङ ।  काबेली–३ जलविद्युत् आयोजनाको परिक्षण उत्पादन सुरु भएको छ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा रहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त काबेली–३ क्यास्केड जलविद्युत् आयोजना साउन २० गतेबाट परिक्षण उत्पादन सुरु गरेको हो । 

२१.९३ मेगावाट क्षता भएको यस जलविद्युत् आयोजनाको निर्माण कार्य २०७९ माघ ५ गते औपचारिक रुपमा सुरु भएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले बताउनु भयो । यो आयोजना सिरीजङ्घा गाउँपालिका वडा नं. ५, ६, र ७ स्थित काबेली खोलामा पर्दछ । 

कुल ४ अर्ब २८ करोड ५० लाख १ हजार रुपियाँ लागतमा निर्माण सम्पन्न यस आयोजनाको परिक्षण उत्पाद सुरु गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ अमरपुर दुबिचौरस्थित नेपाल विद्युत प्राधिकरणको १ सय ३२ केभिए विद्युत सबस्टेशनमा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको जनसम्पर्क अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

कुल लागतमध्ये २५ प्रतिशत स्वपूँजीबाट र ७५ प्रतिशत एनएमबि बैँक लिमिटेडको नेतृत्वमा प्रभु बैँक लिमिटेड तथा नबिल बैँक लिमिटेडबाट ऋण लगानीका उपलब्ध भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : 6:55 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा