दुर्गा प्रसाईं धरौटी बुझाएर रिहा



ताप्लेजुङ । गएको चैत १५ गते काठमाण्डौमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत पाटनले प्रसाईंलाई हिंसात्मक आन्दोलनसित जोडिएको मुद्दामा ३ लाख र बैंकिङ कसूर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएलगत्तै प्रसाईं धरौटी रकम बुझाएर हिजो डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि प्रसाईंविरुद्ध आपराधिक उपद्रव, सङ्गठित अपराधमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि यस आदेशविरुद्ध प्रसाईंले उच्च अदालतमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : 6:34 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा