ताप्लेजुङ गोल्डकपको प्रथम पुरस्कार अप्पर तमोर हाईड्रो पावरले प्रायोजन गर्ने



रेडियो काबेली
ताप्लेजुङ ।
यहि श्रावण २४ गते देखी हुने अन्तराष्ट्रिय आमन्त्रित तेस्रो ताप्लेजुङ गोल्डकपको प्रथम पुरस्कार अप्पर तमोर हाईड्रो पावर लिमिटेडले प्रायोजन गर्ने भएको छ । लाखे जात्रा सञ्चालन समितीका कोषाध्यक्ष दावा शेर्पाका अनुसार गोल्डकपको प्रथम पुरस्कार ७ लाख २ हजार ८२ रुपैँया हाईड्रो पावरले दिने भएको हो । समिती र हाईड्रो पावरबिच पुरस्कार दिने विषयमा सम्झौता भएको कोषाध्यक्ष शेर्पाले बताउनुभयो । अप्पर तमोर जिल्लामा निर्माणधीन सबैभन्दा ठुलो २८५ मेगावट क्षमताको जलविद्युत आयोजना हो । यो फक्ताङलुङ गाउँपालिकामा निर्माणाधिन अवस्थामा छ ।

गोल्ड कपमा तेल्लोक स्पोर्टीङ क्लब सहित ८ टिमको सहभागिता हुँदै छ । जसमा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत, फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् । प्रतियोगिताको उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँ पाउनेछ भने यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपियाँ नगद पुरस्कार सहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेलाडीले प्रतिनीधि सभा सासंंद योगश भट्टराईको पहलमा यामाहाको बाइक समेत प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै हरेक दिन टिकट काट्ने दर्शकले स्मार्ट फोन प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 1:26 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ