फुङलिङ बजारका सुँगुर पालकले खोर नहटाउने




ताप्लेजुङ ।
 फुङलिङ बजारका सुँगुर पालक कृषकले सुँगुरको खोर नहटाउने भएका छन् । आइतबार सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै कुनैपनि हालतमा सुँगुरको खोर नहटाउने दाबी गरेका हुन् । 

फुङलिङ नगरपालिकाले दोश्रो पटक सूचना जारी गर्दै बजार क्षेत्र भित्र र आसपासका क्षेत्रमा रहेका सुँगुरका खोरहरू हटाउन निर्देशन दिएसँगै सँगुर पालक कृषक आन्दोलित बनेका छन् । नगरपालिकाले पहिलो पटक असार २७ गते र दोश्रो पटक साउन १५ गते सूचना जारी गर्दै तत्काल खोरहरू हटाउन आग्रह गरेको थियो । 

यता स्थानीयले आफ्नो आम्दानीका प्रमुख श्रोत रहेकाले कुनैपनि हालतमा नहटाउने अडान लिएको कृषक दिलमाया मादेनले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आवश्यक छलफल, वार्तामा बोलाएर व्यवस्थापन गर्ने प्रयास नै नगरी आफ्नो व्यवसाय हटाउन निर्देशन दिएकाले आन्दोलन गर्नुपर्ने बाध्यताको सिर्जना भएको हो । 

बजार क्षेत्रमा करिब ५ सय जना भन्दा बढी स्थानीयले सुँगुर पालनबाट नै मनग्य आम्दानी गरिरहेकोले आफ्नो व्यवसायको सुनिश्चित गरि व्यवस्थापनमा लाग्न भने तयार रहेको बताएका छन् । तर नगरपालिकाले छलफल तथा समन्वय नगरी आफ्नो पेशाको अपहेलना गरेर आफुहरुमाथि अन्याय गर्न खोजेको आरोप सुँगुर पालक कृषकले लगाएका छन् । 

बजारक्षेत्रमा भएका सुँगुरका खोरहरुबाट मलेरिया, डेँङ्गु लगायतका रोगहरू तथा वातावरणमा दुर्गन्ध फैलिएकाले तत्काल खोरहरू हटाउन फुङलिङ नगरपालिकाले सूचना जारी गरेको छ । 

प्रकाशित मिति : 2:58 pm

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन