ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका छन् । विहीबार र शुक्रबार दुई दिनमा विभिन्न घटनामा चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका सुभाष लिम्बू, फुङलिङ नगरपालिका–२ का लाल बहादुर कामी, आठराई त्रिवेणी गाउँपालिका–४ आहालेका मनकुमार बिक र आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङका हर्कबहादुर दर्लामी मगर रहेको सूचना अधिकार तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सुभाष लिम्बू १३ वर्ष पछि पक्राउ परेका हुन् । उनले मिति २०६९ साल असोज १ गते मेरिङदेन गाउँपालिका–३ दोभान बजारको इलाका प्रहरी कार्यालयका प्रहरी जवान भुपाल आचार्यको हत्या र अर्का प्रहरी जवान चन्द्र देवानलाई गम्भीर घाइते बनाई फरार रहेका थिए ।

उक्त समयमा लिम्बूसहित मादक पदार्थ सेवन गरेका १०–१२ जनाको समुहले अनावश्यक होहल्ला गरेका कारण इलाका प्रहरी कार्यालय दोभानबाट खटिएका गस्ती टोलीले सम्झाई बुझाइ गर्दा लिम्बूले प्रहरी माथि नै धारिलो हतियार प्रहार गरेका थिए । साथै प्रहरीको ३०३ राइफल परि लुटेर प्रहार रहेका थिए ।

फरार लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले मिति २०७१ साल असोज ३१ गते जन्म कैदको सजाय सुनाएको थियो । लिम्बू भारतको बङ्ग्लोर, हैदराबाद, चेन्नाई समेतका विभिन्न ठाउँमा लुकिछिपि बस्ने गरेका थिए । उनी दुई–तिन दिन अघि ताप्लेजुङ आइपुगेको गोप्य सूचनाका आधारमा शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । लिम्बूलाई जिल्ला अदालत पेश गरी कैद भुक्तमानका लागि कारागार चलान गरिएको छ ।

यस्तै फुङलिङ–२ का लाल बहादुर कामी बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएपछि फरार रहेको थिए । उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी टिमले विहीबार फुङलिङ–३ को हेलिप्याडबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार लालबहादुरलाई तीन महिना कैद र छ हजार ३५० रुपियाँ जरिवाना तोकिएको थियो ।

यस्तै आठराई त्रिवेणी गाउँपालिका–४ आहालेका मनकुमार बिक भाइ रोशन बिकको हत्या अभियोगमा पक्राउ परेका हुन् । मनकुमारले मिति २०८२ साल साउन १६ गते साँझ ६ बजेको समयमा सामान्य घरयासी विवाद हुँदा भाइ रोशनलाई खुकुरी प्रहार गरेका थिए । मनकुमारले प्रहार गरेको खुकुरी रोशनको पेटमा लागी मृत्यु भएको थियो ।

मनकुमार बिकलाई सोही दिन राती १० बजे खुकुरी सँगै नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ । यता हर्कबहादुर दर्लामी मगरलाई सागर मगरलाई चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको छ । २३ वर्षीय हर्कबहादुर दर्लामी मगरले शुक्रबार राति फुङलिङको चमुचौकमा १९ वर्षीय सागर मगरलाई चक्कु प्रहार गरेका थिए ।

प्रहरीका अनुसार आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङका दर्लामी मगरले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका सागरमाथि चक्कु प्रहार गरेका हुन् । सवारी साधान गाडीमा बसिरहेका सागरमाथि मापसे गरेर आएको हर्कबहादुरले एक्कासी चक्कु प्रहार गरेका बताइएको छ ।

घटना शुक्रबार राति ११ः२८ बजेतिर भएको र घटना भएको करिव पाँच मिनेटभित्रै प्रहरीको क्युआरटी टोली र अस्थायी प्रहरी पोष्ट भेटेरिनरीचौकबाट गएको प्रहरी टोलीले घटनामा संलग्न हर्कबहादुरलाई नियन्त्रणमा लिएको थियो ।घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ भने घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, शनिबार १७:४५

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा