ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 



 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने भएको छ । लाखेजात्रा सञ्चलन समितिका अनुसार यो वर्षको गोल्डकप आकृति बनाउने जिम्मा भानु जन माध्यमिक विद्यालयलाई दिइएको हो ।

उहाँका अनुसार अहिले भानु जन माध्यमिक विद्यालयका विद्यार्थीहरू उक्त आकृतिको लागि तयारीमा जुटेका छन् । गोल्डकप  भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएकाले गोल्डकपको आकृतिका लागि उक्त विद्यालयलाई जिम्मा दिइएको कोषध्यक्ष शेर्पाको भनाई छ । यस अघि लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयले बनाएको थियो । 

गोल्डकपको एक आकर्षणको विन्दु मानिएको गोल्डकप आकृति उद्घाटनको दिन बनाइने गरिएको छ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ गतेदेखि फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुँदै छ । गोल्डकपको विजेताले नगद सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख ५० हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

यस्तै खेलको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको बाइक प्रदान गर्ने आयोजकले जनाएको छ । अन्य विभिन्न विधामा समेत उचित नगद पुरस्कार सहित ट्रफी लगायतको व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 6:58 am

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार