ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 



 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने भएको छ । लाखेजात्रा सञ्चलन समितिका अनुसार यो वर्षको गोल्डकप आकृति बनाउने जिम्मा भानु जन माध्यमिक विद्यालयलाई दिइएको हो ।

उहाँका अनुसार अहिले भानु जन माध्यमिक विद्यालयका विद्यार्थीहरू उक्त आकृतिको लागि तयारीमा जुटेका छन् । गोल्डकप  भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएकाले गोल्डकपको आकृतिका लागि उक्त विद्यालयलाई जिम्मा दिइएको कोषध्यक्ष शेर्पाको भनाई छ । यस अघि लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयले बनाएको थियो । 

गोल्डकपको एक आकर्षणको विन्दु मानिएको गोल्डकप आकृति उद्घाटनको दिन बनाइने गरिएको छ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ गतेदेखि फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुँदै छ । गोल्डकपको विजेताले नगद सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख ५० हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

यस्तै खेलको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको बाइक प्रदान गर्ने आयोजकले जनाएको छ । अन्य विभिन्न विधामा समेत उचित नगद पुरस्कार सहित ट्रफी लगायतको व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 6:58 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन