ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने



ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती)को अवसरमा ऐतिहासिक माघेनी मेला सँगै गोल्ड कप सञ्चालन हुने भएको हो । 

शनिबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरि फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमस्थित सिंवा बजारमा मेला सँगै गोल्ड कप सञ्चालन हुने जानकारी गराइएको छ । मेला यस अघि पनि सञ्चालन हुदै आएको थियो भने गोल्ड कप भने पहिलो पटक सञ्चालन गर्न लागिएको हो । 

माघेमेला सञ्चालन समिति र सिंवा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन हुने आमन्त्रीत गोल्ड कपमा जम्मा आठ समुहको सहभागिता रहने माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक सिंवा स्पोर्टीङ क्लब लिङ्खिम, जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङगेसाँघु, ड्रिम बोइज एफ।सि। धनकुट्ट, खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुम, नाम्थोक युवा क्लब पाँचथर, वि.सि.एस. मेमोरियल युवा क्लब सावादिन, श्री लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुमखिम र कन्काई सपोर्टिङ क्लब झापाको उपस्थिति रहने छ । 

प्रतियोगिताको विजेताले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद एक लाख ७५ हजार रुपियाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष लिम्बूको भनाई छ । साथै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलामा वृहत माघेनीमेला साँगीतिक साँझ–२०८२ समेत सञ्चलन हुने संकृतिक संयोजक फुङनाम लिङ्खिमले जानकारी दिनुभयो । उहाँका अनुसार साँगीतिक साझमा राष्ट्रीय कलाकार तारा प्रकाश लिम्बू सँगै चर्तित कलाकार र स्थानीय कालाकारको प्रस्तुति रहनेछ ।

विषेश गरि सिंवा बजारलाई जिल्लाको तेस्रो ठूलो बजार मानिन्छ । सिंवा बजार ताप्लेजुङको पर्यटकीय क्षेत्र कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, ऐतिहासिक क्षेत्र ओलाङ्चुङगोला, सिङ्जेमा ताल सँगै चिन सँगको सिमा नाका तिपतालाको प्रवेशद्वार भएकोले यसको प्रवर्द्धन सँगै व्यापारिक क्षेत्र बनाउनका लागि मेला सञ्चालन गर्न लागिएको आयोजकको भनाई छ । 

 

प्रकाशित मिति : 10:32 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ