आर्थिक अभावमा तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा



ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा व्यवस्थापनमा आर्थिक अभाव भएको छ ।

प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ । बजेट नहुँदा काम रोकिएको छ ।

विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो । गुठीको निरन्तरता नहुँदा २०७७ सालमा स्थानीय तेन्जिङ शेर्पाको अगुवाइमा पुनर्निर्माण सुरु गरिएको थियो । शेर्पालाई अमेरिका, जर्मनी लगायत देशमा रहेका नेपालीले रु ४५ लाख प्रदान गरेका थिए ।

प्राप्त रकमबाट काम थालिएको जानकारी दिँदै सामाजिक अभियन्ता शेर्पाले हाल रकम अभावमा काम रोकिएको बताउनुभयो । गुम्बाको प्लास्टर, भुइँ सिँगार, सिलिङलगायत संरचना पूरा गर्न रकम अभाव भएको उहाँको गुनासो छ । उहाँले दाताहरूलाई सहयोगका निम्ति आग्रह गर्नुभएको छ । रासस

प्रकाशित मिति : 7:18 pm

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई