फुङलिङ बजार क्षेत्र भित्रका सुँगुरको खोर पुनः हटाउन आग्रह



सौगात विष्ट 
ताप्लेजुङ ।
फुङ्लिङ नगरपालिकाले नगरपालिकाको बजार क्षेत्र भित्र रहेका सुँगुरको खोर पुनः हटाउन आग्रह गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै एक साता भित्र सुँगुरको खोर हटाउन पुनः आग्रह गरेको हो । 

बर्सातको समयमा देशैभर मलेरिया रोग फैलिएको र ताप्लेजुङ जिल्लामा पनि यसको सङ्क्रमण देखिएकाले खोर हटाउनु पर्ने नगरपालिकाले जनाएको छ । सुँगुरको मलमूत्रले वातावरण, स्वास्थ्यमा गम्भिर असर देखिनुका साथै सेतो लामखुट्टेको फुल र लार्भा फैलिने भएकाले सुँगुरको खोर हटाउन आग्रह गरिएको नगरपालिका प्रमुख अमिर मादेनले बताउनुभयो । 

नगरपालिकाले सूचना मार्फत तोक्मेडाँडा, कफिहाउस, पालसिंह डाँडा, बुद्धचोक बिहिवारे, शेर्पाटोल, दाहालगाउँ, बाझोगरा प्रावि, विरेन्द्रचौक, हुलाक टोल, नवज्योति बोर्डिङ स्कुल, नयाँ बसपार्क, हेलिप्याड, बालमन्दिर विद्यालय, पुरानो गोसलाईन, रिजाल लाइन, भानु स्कुल सेतिधारा, बोझे आसपासका क्षेत्रका खोरहरू व्यवस्थापन गर्न आग्रह गरेको छ । सूचना बमोजिम खोरहरू नहटाएमा नगरपालिकाबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरू कटौती गर्ने समेत जनाइएको छ ।

यस अघि पनि नगरपालिकाले सुँगुरको खोर हटाउन आग्रह गरेको थियो । तर त्यसको विरोधमा स्थानीय बासिले सङ्घर्ष समिति नै खडा गरी खोर नहटाउनले अडान राखेका थिए । 

प्रकाशित मिति : 7:08 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय