फुङलिङ बजार क्षेत्र भित्रका सुँगुरको खोर पुनः हटाउन आग्रह



सौगात विष्ट 
ताप्लेजुङ ।
फुङ्लिङ नगरपालिकाले नगरपालिकाको बजार क्षेत्र भित्र रहेका सुँगुरको खोर पुनः हटाउन आग्रह गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै एक साता भित्र सुँगुरको खोर हटाउन पुनः आग्रह गरेको हो । 

बर्सातको समयमा देशैभर मलेरिया रोग फैलिएको र ताप्लेजुङ जिल्लामा पनि यसको सङ्क्रमण देखिएकाले खोर हटाउनु पर्ने नगरपालिकाले जनाएको छ । सुँगुरको मलमूत्रले वातावरण, स्वास्थ्यमा गम्भिर असर देखिनुका साथै सेतो लामखुट्टेको फुल र लार्भा फैलिने भएकाले सुँगुरको खोर हटाउन आग्रह गरिएको नगरपालिका प्रमुख अमिर मादेनले बताउनुभयो । 

नगरपालिकाले सूचना मार्फत तोक्मेडाँडा, कफिहाउस, पालसिंह डाँडा, बुद्धचोक बिहिवारे, शेर्पाटोल, दाहालगाउँ, बाझोगरा प्रावि, विरेन्द्रचौक, हुलाक टोल, नवज्योति बोर्डिङ स्कुल, नयाँ बसपार्क, हेलिप्याड, बालमन्दिर विद्यालय, पुरानो गोसलाईन, रिजाल लाइन, भानु स्कुल सेतिधारा, बोझे आसपासका क्षेत्रका खोरहरू व्यवस्थापन गर्न आग्रह गरेको छ । सूचना बमोजिम खोरहरू नहटाएमा नगरपालिकाबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरू कटौती गर्ने समेत जनाइएको छ ।

यस अघि पनि नगरपालिकाले सुँगुरको खोर हटाउन आग्रह गरेको थियो । तर त्यसको विरोधमा स्थानीय बासिले सङ्घर्ष समिति नै खडा गरी खोर नहटाउनले अडान राखेका थिए । 

प्रकाशित मिति : 7:08 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा