ताप्लेजुङमा एकजनामा डेङ्गु संक्रमण



रेडियो काबेली
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा एकजनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पताल ताप्लेजुङका सुचना अधिकारी विजया राईका अनुसार जिल्लाको मेरिङदेन गाउँपालिकाका १३ वर्षीय बालकमा डेंगु संक्रमण भएको पुष्टि भएको हो । उहाँको हाल उपचार भई रहेको र अवस्था सामान्य रहेको सुचना अधिकारी राईले बताउनुभयो ।

वर्षाको समय भएको र यस समयमा जताततै सफा पानी जम्ने र त्यहि पानीमा एजिड एजिप्टाई जातको लामखुट्टेले फुल पार्ने र लामखुट्टे फैलिने भएकोले गाउँस्तरमा डेँगी देखिएको हुनसक्ने राईको भनाई छ । हिमाली जिल्लामा समेत डेंगु देखिएकाले उच्च सर्तकता अपनाउनुपर्ने जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रणाम जैरुले बताउनुभयो ।
चिकित्सकका अनुसार एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगुको संक्रमण हुने हुन्छ ।

डेंगु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो । घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ । असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेंगुको लक्षण रहेको चिकित्सकको भनाई छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा ताप्लेजुङमा ५ जनामो डेंगुको संक्रमण भएको थियो ।

प्रकाशित मिति : 8:01 pm

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण