ताप्लेजुङमा एकजनामा डेङ्गु संक्रमण



रेडियो काबेली
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा एकजनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पताल ताप्लेजुङका सुचना अधिकारी विजया राईका अनुसार जिल्लाको मेरिङदेन गाउँपालिकाका १३ वर्षीय बालकमा डेंगु संक्रमण भएको पुष्टि भएको हो । उहाँको हाल उपचार भई रहेको र अवस्था सामान्य रहेको सुचना अधिकारी राईले बताउनुभयो ।

वर्षाको समय भएको र यस समयमा जताततै सफा पानी जम्ने र त्यहि पानीमा एजिड एजिप्टाई जातको लामखुट्टेले फुल पार्ने र लामखुट्टे फैलिने भएकोले गाउँस्तरमा डेँगी देखिएको हुनसक्ने राईको भनाई छ । हिमाली जिल्लामा समेत डेंगु देखिएकाले उच्च सर्तकता अपनाउनुपर्ने जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रणाम जैरुले बताउनुभयो ।
चिकित्सकका अनुसार एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगुको संक्रमण हुने हुन्छ ।

डेंगु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो । घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ । असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेंगुको लक्षण रहेको चिकित्सकको भनाई छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा ताप्लेजुङमा ५ जनामो डेंगुको संक्रमण भएको थियो ।

प्रकाशित मिति : 8:01 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान