मेरिङदेन सडक खण्डको मुङ्वाखोलामा होम पाइप सेटिङको कार्य जारी, सवारी साधन आवतजावत बन्द 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन सडक खण्ड अन्तरगत पर्ने मुङ्वाखोलामा होम पाइप सेटिङको कार्य भइरहेकोले सावरी साधन आवतजावत बन्द भएको छ । मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङतेप र ५ थुकिमाको सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेडद्वारा होम पाइप सेटिङ र ढलान कार्य भइरहेकोले साउन ९ गतेबाट सबारीसाधन आवतजावत बन्द भएको हो । 

यो सडक खण्डबाट विषेश गरी जिल्लाको पर्यटकीय क्षेत्र मिक्वाखोला गाउँपालिका साँवामा रहेको फुङफुङगे झरना जाने गरिन्छ । उक्त खोलामा होम पाइप निर्माण कार्य जारी रहेकाले आगामी साउन २५ गते सम्ममा सबै खालको सवारी साधन आवतजावत बन्द गरिएको मरिङ्देन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बेद प्रसाद हाङ्गामले बताउनुभयो । उहाँका अनुसार उक्त समय अवधिका लागि वैकल्पिक बाटोमा सावरी साधन आवत जावत गर्न सकिन्छ ।

जसका लागि वडा नं. ५ को थुकिमा सुमसोलक मुख्य सडक खण्ड अन्तरगत पर्ने माश्रेङ स्वास्थ्य चौकी हुँदै मुङ्वाखोला लिङ्तेप–कान्छी बजारको बाटो प्रयोग गर्न सकिने छ । 

प्रकाशित मिति : 6:35 am

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण