ताप्लेजुङमा लाखे नाँच सुरु



ताप्लेजुङमा । ताप्लेजुङमा लाखे नाँच सुरु भएको छ । विधिपूर्वक गठेमंगलको पुजा गर्दै लाखे नाँच सुरु भएको हो । 

बुधबार फुङलिङ नगरपालिका चार भिन्तुना डाडाँ जौबारीमा रहेको नेपाल भाषा तथा सांस्कृतिक समाजको भवनमा एक कार्यक्रमको आयोजना गरी पूजाका साथ लाखे नाँचको सुरुवात गरिएको समाजका अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गथाँमुग चःन्हे श्रावण कृष्ण चतुर्दशीको अवसरमा लाखे नाँचको सुरुवात गरिने गरिन्छ । 

सोही अनुसार बुधबार घण्टा कर्ण (गठेमंगल) कार्यक्रमको आयोजना गरी लाखे नाँच सुरु गरिएको छ । समाजका सल्लाहकार गणेश श्रेष्ठका अनुसार नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गथ्र्यो । 

उक्त राक्षसलाई त्यतिबेला गठेमंगल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि दुबै कानमा घण्टा झुन्ड्याएका थिए । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्टा झुन्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टा कर्ण रहन गयो । 

मानव बस्तीमा एकदमै दुख दिएकाले एक दिन विधिगत रुपमा पुजा आरधना गरी अर्को भैरवको रुपमा लाखे उपस्थित भई घण्टाकर्णलाई मारेको किम्वदन्ती रहेको श्रेष्ठले बताउनुभयो । यही अनुसार मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ । 

यो सँगै लाखे नाँचको पनि शुभारम्भ गरिन्छ  । भिन्तुना डाडाँबाट सुरु गरिएको लाखे नाँचले बजार परिक्रमा समेत गरेका नेपाल भाषा तथा सांस्कृतिक समाजले जनाएको छ । 

प्रकाशित मिति : 7:51 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले