बाढीले फक्ताङलुङको रानिपुल बेलिबृज बगायो




रेडियो काबेली
ताप्लेजुङ । अविरल वर्षासँगै ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको सिम्बुवा खोला र घुन्सा खोलामा बाढी आएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले उत्तर दक्षिण लोकमार्ग अन्तरगत पालिकाको वडा नं. ५ र ६ लाई जोड्ने रानिपुल बेलिबृज बगाएको गाउँपालिका अध्यक्ष राजन लिम्बु ( मुक्ति)ले जानकारी दिनुभयो । बेलिबृज बगाएसँगै रानीपुल भन्दा माथिको यातायात आवतजावत अवरुद्ध भएको छ । उक्त बेलिबृज रेमिट हाईड्रो पावर ले निर्माण गरेको थियो ।

बाढीका कारण तमोर खोलाको बहाव तीव्र रुपमा बढेकोले खोला तट आसपास बसोबास गर्नुहुने सबैलाई सर्तक रहन समेत गाउँपालिकाले अनुरोध गरेको छ । उत्तर दक्षिण लोकमार्ग अन्तरगतकै पालिकाको केन्द्र समेत रहेको तापेथोक स्थित सिसावा खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको पालिकाले जनाएको छ ।

यो वर्ष वैकल्पिक मार्गको रुपमा तमोर ईनर्जी प्रा.लिले निर्माण गरेको ताम्मावा –फेम्बु जोड्ने बेलिबृज प्रयोग गरि साँघुबगर हुँदै फाङ्बारी स्कुल–फेम्बु–लेप्चुङ–लेलेप हुँदै उत्तर दक्षिण लोकमार्ग जोडिने मार्गलाई वैकल्पिक मार्गको रुपमा सञ्चालनमा ल्याईने अध्यक्ष लिम्बुले बताउनुभयो ।

त्यस्तै अध्यक्ष लिम्बुका अनुसार वडा नं. ६ लेलेप साँगु बगरमा गत सालको पहिरो गएको ठाँउको फाङ्बारी स्कुलको छेउ बाट नै यो पटक पनि पहिरो झरेको छ । पहिरो झरेपनि मानवीय क्षति भने नभएको अध्यक्ष लिम्बुको भनाई छ । साथै अध्यक्ष लिम्बुले समस्याको समाधान गर्न तत्काल अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : 9:04 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन