घट्यो अलैंची निर्यात



ताप्लेजुङ । आर्थिक वर्ष २०८१-०८२ मा अलैँचीको कारोबार ८० हजारबाट सुरु भएर एक लाख १२ हजार प्रतिमनसम्म पुग्यो । एक मनमा ४० किलो हुन्छ । राम्रै मूल्यमा कारोबार हुँदा पनि अघिल्लो आर्थिक वर्षको जस्तो आम्दानी भने नेपालले लिन सकेन । अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशत कम निर्यात भयो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो । पछिल्लो आर्थिक वर्षमा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजारको निर्यात भयो । यो २५ करोड ६८ लाख ७१ हजार रुपैयाँ कम हो ।

भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष ५० लाख ९ हजार किलो निर्यात भएको थियो भने पछिल्लो वर्ष ४२ लाख ९४ हजार किलो निर्यात भएको थियो । नेपालमा उत्पादित अधिकांश अलैँची मेची भन्सारबाट निर्यात हुन्छ । सानो परिमाणमा वीरगन्ज भन्सारबाट निर्यात हुने गरेको छ ।

उत्पादन घटेकाले निर्यात कम भएको र रुपैंया पनि कम आएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष निर्मल भट्टराई बताउँछन् । नेपालमा उत्पादित ९८ प्रतिशत अलैँची भारत निर्यात हुने गरेको अलैँची व्यवसायी सङ्घले जनाएको छ । ekantipur.com

प्रकाशित मिति : 6:00 am

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन