घट्यो अलैंची निर्यात



ताप्लेजुङ । आर्थिक वर्ष २०८१-०८२ मा अलैँचीको कारोबार ८० हजारबाट सुरु भएर एक लाख १२ हजार प्रतिमनसम्म पुग्यो । एक मनमा ४० किलो हुन्छ । राम्रै मूल्यमा कारोबार हुँदा पनि अघिल्लो आर्थिक वर्षको जस्तो आम्दानी भने नेपालले लिन सकेन । अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशत कम निर्यात भयो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा ७ अर्ब ९३ करोड ९ लाख ८ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो । पछिल्लो आर्थिक वर्षमा ७ अर्ब ६७ करोड ४० लाख ३७ हजारको निर्यात भयो । यो २५ करोड ६८ लाख ७१ हजार रुपैयाँ कम हो ।

भन्सार कार्यालयका अनुसार अघिल्लो वर्ष ५० लाख ९ हजार किलो निर्यात भएको थियो भने पछिल्लो वर्ष ४२ लाख ९४ हजार किलो निर्यात भएको थियो । नेपालमा उत्पादित अधिकांश अलैँची मेची भन्सारबाट निर्यात हुन्छ । सानो परिमाणमा वीरगन्ज भन्सारबाट निर्यात हुने गरेको छ ।

उत्पादन घटेकाले निर्यात कम भएको र रुपैंया पनि कम आएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष निर्मल भट्टराई बताउँछन् । नेपालमा उत्पादित ९८ प्रतिशत अलैँची भारत निर्यात हुने गरेको अलैँची व्यवसायी सङ्घले जनाएको छ । ekantipur.com

प्रकाशित मिति : 6:00 am

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय