पाथिभरा मन्दिरमा घण्टी गेट निर्माण



ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । 

घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार घण्टी गेटको उचाइ तीन मिटर र चौडाइ तीन मिटर रहेको छ । 

यस्तै मन्दिरको मूल गेट देखि घण्टी गेट सम्म लस्करै घण्टीहरू झुन्ड्याइएको कार्यकारी निर्देशक हाङ्बाङको भनाई छ । यस्तै मन्दिर क्षेत्रमा घन्टी र त्रिशूल पार्क समेत निर्माण गरिएको छ । घण्टी सँगै पुराना त्रिशूलहरुको पनि व्यवस्थापन गर्नका लागि घण्टी र त्रिशूल पार्क निर्माण गरेको हाङ्बाङले बताउनुभयो ।

घण्टी गेटका लागि १० लाख, मन्दिरको मूल गेट देखि घण्टी गेट सम्म घण्टी झुन्ड्याउन १० लाख र घण्टी त्रिशूल पार्कका लागि १० लाख गरी जम्मा ३० लाख रुपियाँको लागतमा उक्त कार्य सम्पन्न भएको छ । यस अघि मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी लिलामीमा राख्ने कुराले निक्कै चर्चा पाउनुका साथै चौतर्फी आलोचना भएको थियो । 

त्यस पछि अहिले भक्तजनहरूले चढाएको पुराना घण्टी र त्रिशूलको व्यवस्थापनका लागि घण्टी गेट सँगै पार्क निर्माण गरिएको हो । 

तस्विर सौजन्य राजेन्द्र महत

प्रकाशित मिति : 7:11 pm

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा