माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु



ताप्लेजुङ । माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु भएको छ । ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको एक हजार सात सय ७२ मिटर लामो सुरुङमार्ग आज ‘ब्रेक थ्रु भएको हो ।

अडिटबाट आउटलेट सम्मको सुरुङमार्ग निर्माण धमाधम भइरहेको आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार अहिले अडिटबाट आउटलेट सम्मको एक हजार तीन मिटर सुरुङमार्गको काम धमाधम भइरहेको छ ।

जलविद्युत् आयोजनाका व्यवस्थापक ढुङ्गानाले २८.१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको सुरुङमार्ग ब्रेक थ्रु सँगै भए सँगै निर्माणको कार्य अझै गति लिने बताउनुभयो । सिरिजङ्घा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य क्षेत्र रहेको ढुङ्गानाले जानकारी दिनुभएको छ ।

आयोजनाको कुल लागत पाँच अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : 6:44 am

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा