माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु



ताप्लेजुङ । माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु भएको छ । ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको एक हजार सात सय ७२ मिटर लामो सुरुङमार्ग आज ‘ब्रेक थ्रु भएको हो ।

अडिटबाट आउटलेट सम्मको सुरुङमार्ग निर्माण धमाधम भइरहेको आयोजनाका व्यवस्थापक प्रकाश ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार अहिले अडिटबाट आउटलेट सम्मको एक हजार तीन मिटर सुरुङमार्गको काम धमाधम भइरहेको छ ।

जलविद्युत् आयोजनाका व्यवस्थापक ढुङ्गानाले २८.१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको सुरुङमार्ग ब्रेक थ्रु सँगै भए सँगै निर्माणको कार्य अझै गति लिने बताउनुभयो । सिरिजङ्घा गाउँपालिकाको सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाको लिम्बूदिन र मेहेले आयोजनाको मुख्य क्षेत्र रहेको ढुङ्गानाले जानकारी दिनुभएको छ ।

आयोजनाको कुल लागत पाँच अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : 6:44 am

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन