लाखे जात्राको अवसरमा मेला, व्यापार एव्म साँस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाईने




ताप्लेजुङ । ताप्लेजुङमा हरेक वर्ष नेवारी समुदायको साँस्कृतिक पर्व गोठेमंगल देखि सञ्चालन हुने लाखे जात्राको अवसरमा साँस्कृतिक कार्यक्रम, साथै अन्य गतिविधि राति १० बजे सम्म मात्र सञ्चालन गर्न पाईने भएको छ । आईतबार फुङलिङ नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । राती अबेरसम्म साँस्कृति कार्यक्रम साथै मेला सञ्चालन हुँदा हुन सक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगर प्रमुख अमिर मादनेले बताउनुभयो ।


त्यस्तै मेलामा जुवा, तास, ढाईस, बिङ्गो लगायतका पैसा जन्य खेलहरु सञ्चालन गर्न नपाईने भएको छ । यी खेलहरुले रमाईलो भन्दा मानिसहरुको घर झगडा भएको, विधार्थीको पढाई बिग्रनुका साथै बालबालिका समेत नकरात्मक गतिविधिमा संलग्न भएकोले खेल्न नपाउने निर्णय गरिएको नगर प्रमुख मादेनले बताउनुभयो । त्यस्तै इजाजत÷अनुमति प्राप्त गरी सञ्चालन हुने मिनीमेलामा सञ्चालन भएका खेलहरूमा सहभागीहरूको बिमा लगायतका सुरक्षाको सुनिश्चित गरी मात्र खेलाउन पाईने समेत निर्णय गरिएको छ ।

बैठकमा नगर प्रमुख मादेन, उप प्रमुख भिमादेवी ओझा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतम, सशस्त्र प्रहरी बल नं.१ गु्ल्म हेड क्वाटर ताप्लेजुङ गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश मर्हजन, जनप्रतिनीधि, लाखेजात्रा सञ्चालन समितीका पदाधिकारी, अन्य मेला महोत्सव एव विभिन्न खेल सञ्चालन गर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 6:45 pm

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र