सशस्त्र प्रहरी बल ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण कक्ष स्थापना




एलिना दियाली
ताप्लेजुङ । सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा ताप्लेजुङमा विपद् व्यवस्थापन सामग्री भण्डारण कक्ष स्थापना भएको छ । विपद्को समयमा तत्कालै विपद्का सामाग्री लिएर उद्धार कार्यमा खट्न सहज होस भन्ने उदेश्यले उपयुक्त स्थानमा ८ लाख ६० हजार रुपैयाँ भन्दा बढीको लागतमा उक्त कक्षको स्थापना भएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले जानकारी दिनुभयो ।


उहाँका अनुसार फुङलिङ नगरपालिकाको ६ लाख आर्थिक सहयोग र २ लाख ७८ हजार ७ सय ८८ रुपैयाँ गुल्मको आन्तरिक स्रोत तथा गुल्ममा कार्यरत जनशक्तिको श्रमदानबाट उक्त भण्डारण कक्षको स्थापना गरिएको हो । उक्त नवनिर्मित भण्डारण कक्षको प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख अमिर मादेनले सोमबार एक कार्यक्रमका बिच उद्धघाटन गर्नुभयो ।


भण्डारण कक्षमा पाथीभरा क्षेत्र विकास समितिले २ लाख ९ हजार ६ सय ८१ रुपैयाँ र डिभिजन वन कार्यालयले १ लाख २१ हजार १० रुपैयाँ, पाथीभरा याङवरक गाउँपालिकाले ६४ हजार ८ सय ७५ रुपैयाँ बराबरको विपद् उद्धार तथा प्रतिकार्यमा प्रयोग हुने सामग्री सहयोग गरेका छन् । त्यस्तै मिक्वाखोला गाउँपालिकाले भने चेनस मेसिन एक थान सहयोग गरेको गुल्लपति मर्हजनले बताउनुभयो ।


उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मादेनले ताप्लेजुङ भौगोलिक रुपमा विकट साथै विपद्को उच्च जोखिममा रहेको र विगत देखि नै एउटा विपद् व्यवस्थापन सामाग्री भण्डारण कक्ष स्थापना होस् भन्ने सपना रहेकोमा अहिले उक्त सपना साकार भएको भन्दै खुसि व्यक्त गर्नुभयो ।

साथै उहाँले भण्डारण कक्षको अवलोकन गर्र्दै भण्डारण कक्षको स्थापना भएता पनि विपद् उद्धारका सामाग्रीहरुको कमी रहेकोले नगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गुल्मपति मर्हजनले सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै उक्त भण्डारण कक्ष र विपद्का सामाग्री यहाँको समुदायको जिवन बचाउँनको लागि सहि तरिकाले प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो ।


साथै उहाँले जिवन अमुल्य रहेको र कसैको पनि जिवन फेरि फर्किएर नआउने बताउँदै तत्कालै फाईदा हुने क्षेत्रमा मात्र नभई भविष्यमा समेत प्रयोग गर्न मिल्ने र कसैको जिवन बचाउने यस्ता खालका कार्यमा समेत बजेट विनियोजन गर्न स्थानीय सरकारलाई अनुरोध समेत गर्नुभयो ।

साथै कार्यक्रममा सहयोगी संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो भने ताप्लेजुङको हिमाली साथै सिमा नाका बोलीले तिब्बतियन भाषाको सन्दर्भ पुस्तकको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेलले विमोचन गर्नुभएको छ । गुल्मपति महर्जनको मधेश प्रदेशको वर्दिवास महोत्तरी सरुवा भएको छ भने नयाँ गुल्मपतिको रुपमा प्रमोद प्रकाश पाठक आउनुभएको छ ।

प्रकाशित मिति : 6:37 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर