अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ८ टोली सहभागी हुने, पुरस्कार राशि वृद्धि



ताप्लेजुङ । आगामी साउन २४ गतेबाट सञ्चालन हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ८ टोली सहभागी हुने भएका छन् । लाखेजात्रा पर्वको अवसरमा सञ्चालन हुने प्रतियोगितामा नेपालबाहिरको एकसहित आठ टोली सहभागी हुने भएका हुन् ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा सहभागी हुने टोलीको विवरण सार्वजनिक गरेको छ । जसमा ताप्लेजुङको प्रतिनिधित्व तेल्लोक स्पोर्टीङ क्लबले गर्ने भएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार प्रतियोगितामा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत सहभागी हुने भएको छ । यस्तै अन्य टोलीहरूमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् । 

यस वर्ष गोल्डकपको पुरस्कार राशि वृद्धि भएको छ । प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार पाउने लाखेजात्रा सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । 

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने शेर्पाले जानकारी दिनुभयो । 

यता प्रतियोगितामा खेल हेर्न दर्शकका लागि प्रवेश शुल्क ९टिकट दर० पनि निर्धारण गरिएको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको क्वार्टर फाइनल चरणका लागि टिकट  दर १०० रुपियाँ, सेमिफाइनलका लागि २०० रुपियाँ र फाइनल खेल हेर्न टिकट दर २५० रुपियाँ निर्धारण गरिएको छ । 

प्रतियोगिता साउन २४ गतेदेखि ३१ गते सम्मसदरमुकामस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 4:57 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर