अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ८ टोली सहभागी हुने, पुरस्कार राशि वृद्धि



ताप्लेजुङ । आगामी साउन २४ गतेबाट सञ्चालन हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा ८ टोली सहभागी हुने भएका छन् । लाखेजात्रा पर्वको अवसरमा सञ्चालन हुने प्रतियोगितामा नेपालबाहिरको एकसहित आठ टोली सहभागी हुने भएका हुन् ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा सहभागी हुने टोलीको विवरण सार्वजनिक गरेको छ । जसमा ताप्लेजुङको प्रतिनिधित्व तेल्लोक स्पोर्टीङ क्लबले गर्ने भएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार प्रतियोगितामा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत सहभागी हुने भएको छ । यस्तै अन्य टोलीहरूमा फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् । 

यस वर्ष गोल्डकपको पुरस्कार राशि वृद्धि भएको छ । प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार पाउने लाखेजात्रा सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । 

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने शेर्पाले जानकारी दिनुभयो । 

यता प्रतियोगितामा खेल हेर्न दर्शकका लागि प्रवेश शुल्क ९टिकट दर० पनि निर्धारण गरिएको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको क्वार्टर फाइनल चरणका लागि टिकट  दर १०० रुपियाँ, सेमिफाइनलका लागि २०० रुपियाँ र फाइनल खेल हेर्न टिकट दर २५० रुपियाँ निर्धारण गरिएको छ । 

प्रतियोगिता साउन २४ गतेदेखि ३१ गते सम्मसदरमुकामस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 4:57 pm

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा