नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजस्व सङ्कलन



ताप्लेजुङ । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०-०८१ तुलनामा आर्थिक वर्ष २०८१-०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो ।

नापी कार्यालय ताप्लेजुङका प्रमुख तथा नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८१-०८२ मा कुल २८ लाख ४६ हजार ८२५ रुपियाँ राजस्व उठाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा कुल १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ११ लाख ९१ हजार ९८८ रुपियाँ बढी राजस्व सङ्कलन भएको अधिकृत इन्जिनियर श्रेष्ठको भनाइ छ ।

श्रेष्ठका अनुसार गत आव २०८१-०८२ मा क्षेत्रिय किताब उतारमार्फत चार हजार ९८० रुपियाँ, नक्सा बिक्रीमार्फत पाँच लाख ७३ हजार ६१०, फिल्ड रेखाङ्कनबाट २२ लाख ६५ हजार ६२५ र कित्ता एकीकरणबाट दुई हजार ६ सय रुपियाँ राजस्व रेखाङ्कनबाट सङ्कलन गरिएको छ । कार्यालयले स्थानीय तहसँगको फिल्ड रेखाङ्कनमा राजस्व अनिवार्य गरेकाले झण्डै दोब्बरले वृद्धि भएको नापी अधिकृत श्रेष्ठले बताउनुभयो ।

कार्यालयका अनुसार अघिल्लो आव २०८०-०८१ मा क्षेत्रिय किताब उतारमार्फत दस हजार सात सय रुपियाँ, नक्सा बिक्रीमार्फत चार लाख आठ हजार ९३०, फिल्ड रेखाङकनबाट ११ लाख ६१ हजार ८५४ र कित्ता एकीकरणबाट ७३ हजार तीन सय ५३ रुपियाँ राजस्व सङ्कलन गरिएको थियो ।

गत आर्थिक वर्षमा १३४ ओटा क्षेत्रीय किताब उतार, पाँच हजार १६० ओटा नक्सा बिक्री, दुई सय वटा फिल्ड रेखाङ्कन र ३६ वटा कित्ता एकीकरण गरेको कार्यालयले जनाएको छ । चार सय ५१ वटा कित्ताकाट कार्य समेत भएको जनाइएको छ । जसमध्ये राजिनामाको दुई सय २३ ओटा, अंशबण्डाको एक सय नौ वटा, अदालतको ५२ र बकसपत्रको ६७ वटा कार्य भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा भने क्षेत्रीय किताब उतारका एक सय २८, नक्सा बिक्री तीन हजार पाँच सय ९६, फिल्ड रेखाङ्कनमा एक सय १२ र कित्ता एकीकरणको २० ओटा मात्र कार्य सम्पन्न भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : 8:06 pm

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन